कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

संक्रमण नदेखिएपछि क्‍वारेन्टाइनबाट घर फिर्दै  

माधव घिमिरे

विराटनगर — मोरङका विभिन्न स्थानीय तहमा रहेका सार्वजनिक क्वारेन्टाइनमा बस्नेहरुमा कोरोना संक्रमण नभएको पाइएको छ । क्वारेन्टाइनमा बसिरहेका २ सय ६ जनामध्ये परीक्षण गरिसकिएका १ सय ७९ जनामा संक्रमण नपाइएपछि घर फिर्ता पठाइएको छ ।

दुईजनाको आरडीटी परीक्षणमा पोजिटिभ आएकामा पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । तीमध्ये अरु २७ जनाको परीक्षण प्रतिवेदन आउन बाँकी छ । उनीहरुलाई क्वारेन्टाइनमै राखेर हेरचार भइरहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा २९ जना संक्रमित पुष्टि भइसकेका छन् । तीमध्ये दुई महिलासहित २८ जना विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा आइसोलेसनमा बसेर उपचाररत छन् । भोजपुरका एकजनालाई विराटनगर ल्याइदै गरेको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश १ का विभिन्न स्थानीय २ सय ५३ वटा तहमा ४ हजार ४ सय ४७ शय्याको क्वारेन्टाइन छन् । ५३ स्थानमा ४ सय ४९ शय्यासहितको आइसोलेसन केन्द्र छ । चार स्थानमा आईसीयूसहितका शय्या रहेको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

यसैबीच, प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा करिब साढे २८ करोड रुपैयाँ संकलन भएको उक्त कार्यालयले जनाएको छ । संकलित रकममध्ये स्थानीय तहहरु र कोरोना संक्रमितको उपचार केन्द्रलगायतमा गरी १२ करोड रुपैयाँभन्दा बढी निकासा गरिएको जनाइएको छ ।

प्रकाशित : वैशाख १२, २०७७ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?