कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मस्जिदमा नमाज पढ्नेको र्‍यापिड टेस्ट, रिपोर्ट नेगेटिभ

२० को स्वाब परीक्षण
विनोद भण्डारी

विराटनगर — उदयपुरको भुल्केस्थित नुर मस्जिदमा फेला परेका १२ जना कोरोना संक्रमित नेपाल प्रवेश गरेलगत्तै बसेको रानी मकरज मस्जिदमा नमाज पढ्ने ९६ जनाको बिहीबार र्‍यापिट टेस्ट गरिएको छ । उनीहरुको रिपोर्ट नेगेटिभ देखिएको छ । तीमध्ये २० जनाको स्वाब संकलन गरिएको छ ।

मस्जिदमा नमाज पढ्नेको र्‍यापिड टेस्ट, रिपोर्ट नेगेटिभ

उनीहरु डिसेम्बर ११ मा नयाँ दिल्लीबाट जोगबनी नाका हुँदै विराटनगर आएर उक्त मस्जिदमा जनवरी १५ सम्म बसेको मकरज र मस्जिदका सचिव मोहमद इल्सादले बताए । हाल उनीहरुको कोभिड १९ अस्पताल विराटनगरको आइसोलेसनमा उपचार भइरहेको छ । मकरजको मस्जिदमा जुमा नमाज र दैनिक ५ पटक नमाज पढ्ने ९६ जना थिए । इल्सादले भने उनीहरु सबैको र्‍यापिट टेस्टमा नेगेटिभ देखा परेको हो । उनका अनुसार त्यसमध्ये २० जनाको स्वाब पनि परीक्षण गरिएको छ ।

विराटनगर महानगरपालिकाले मस्जिदमै स्वास्थ्यकर्मी लगेर उनीहरुको स्वाब र र्‍यापिट परीक्षण गराएको हो । महानगर प्रमुख भीम पराजुलीका अनुसार मस्जिदका मकरज समितिसँग समूहमा नमाज नपढ्न र घरमै नमाज पढ्ने सहमति भएको छ । मोरङमा ८९ वटा मस्जिद छन् । त्यसमध्ये विराटनगरमा २५ मस्जिद र १७ वटा मदरसा छन् ।

कोरोना संक्रमित १२ जना विराटनगर प्रवेश गरेलगत्तै विराटनगर १५ रानी मकरजको मदरसामा डिसेम्बर ११ देखि जनवरी १५ सम्म बसेका थिए । मकरज सचिव इस्लाहले भने १२० दिने नेपाल भ्रमणमा आएका उनीहरु विराटनगरबाट सुनसरी, सप्तरी, सिरहा हुँदै उदयपुर पुगेका थिए । उनका अनुसार उनीहरु अप्रिल १४ मा दिल्ली फर्कने तयारी थियो ।

प्रकाशित : वैशाख ११, २०७७ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?