कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठप्प छ हुलाकी मार्ग [तस्बिरहरु]

जितेन्द्र साह

विराटनगर — ग्रामीण भेगबाट बिहान साँझ आइजाइ गर्नेको घुइँचो देखिने विराटनगर–रंगेली २२ किमी हुलाकी मार्ग लकडाउनको ३१ औं दिन बिहीबारसम्म खालीखाली छ ।मोरंगको दक्षिण पूर्वी भेकलाई विराटनगरसँग जोड्ने यो सडकमा जीवन गति शून्य छ जुन यसको स्वभावको ठिक विपरीत हो ।

ठप्प छ हुलाकी मार्ग [तस्बिरहरु]
ठप्प छ हुलाकी मार्ग [तस्बिरहरु]

यो त्यो मार्ग हो जहाँ अरु बेला दिनहुँ कामकालागि विराटनगर तर्फ साइकलमा आइरहेका कारखाना एवं निर्माण श्रमिकको लाभ हुन्छ ।रंगेली, धनपालथान, जहदा र कटहरीलगायतका ठाउँबाट दैनिक आवागमन गर्ने मजदुर, व्यवसायी, विद्यार्थी एवं किसानको हुल यो बाटोमा देखिन छाडेको छ । जरुरी सामान बोकेर ओहोरदोहोर गर्ने पनि फाटफुट मात्र भेटिन्छन् ।

ठप्प छ हुलाकी मार्ग [तस्बिरहरु]

यो सडक छेउछाउको बस्तीमा समेत चहलपहल छैन ।  प्रदेश १ मा अप्रत्यासित रुपमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि स्थानीयले घरको चौघेरोको लक्ष्मण रेखामा आफूलाई सीमित गर्न थालेका छन् । यो हुलाकी मार्ग छेउस्थित खाद्यान्‍न एवं तेललगायतका कारखानाबाट निस्किरहेको धुवाँले भने मनमा अनेक आशा जगाउँछ । चाँडो स्थिती सहज भइ जीवनले पुनः गति लिने संकेत दिन्छ ।

ठप्प छ हुलाकी मार्ग [तस्बिरहरु]

ठप्प छ हुलाकी मार्ग [तस्बिरहरु]

ठप्प छ हुलाकी मार्ग [तस्बिरहरु]

ठप्प छ हुलाकी मार्ग [तस्बिरहरु]

ठप्प छ हुलाकी मार्ग [तस्बिरहरु]


प्रकाशित : वैशाख ११, २०७७ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?