विराटनगर महानगरपालिकाले डेरामा बस्नेलाई घर पुर्‍याउने

विनोद भण्डारी

विराटनगर — विराटनगर महानगरपालिकाले अन्यत्रबाट यहाँ आएर डेरामा बसेका र लकडाउनका कारण आफ्नो घर फर्कन नपाएकालाई घरमा पुर्‍याउन उनीहरुको लगत संकलन सुरु गरेको छ । उनीहरु घर जान चाहे घरसम्म महानगरले नै पुर्‍याउन र घर नजानेलाई लकडाउनको अवधिभर खाद्यान्नको व्यवस्था महानगरले गर्ने तयारी गरेको छ ।

विराटनगर महानगरपालिकाले डेरामा बस्नेलाई घर पुर्‍याउने

महानगरले १९ वटै वडामा डेरामा बस्ने मानिसको तथ्यांक संकलन सुरु गरेको छ । वडा ३ का अध्यक्ष विनोद बस्नेतले भने सबै वडामा डेरामा बस्नेको तथ्यांक संकलन सुरु गरिएको र उनीहरुमध्ये लकडउनका कारण घर जान नपाएकालाई महानगरले घर पुर्‍याउने व्यवस्था गर्ने छ।

वडा ३ मा बुधबार मात्र ३० जना डेरामा बस्ने घर जान पाऊँ भन्दै आएका छन् । हरेक वडामा घर जान पाऊँ भन्दै नाम टिपाउनेको संख्या बढ्दै छ । केही लकडाउनमा यही बस्ने पनि पाइएको छ । बस्नेतले भने महानगरले घर जान इच्छुकलाई घर पुर्‍याइदिने र यही बस्न चाहानेलाई खाद्यान्नको व्यवस्था गर्ने तयारी गरेको छ । उनका अनुसार काठमाडौं, भोजपुर, सोलुखम्बु, सिरहा, सप्तरी र ओखलढुङगा जानेको संख्या बढी छ ।

प्रकाशित : वैशाख १०, २०७७ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?