१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अवैध काठसहित ३ पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — लकडाउनको मौका छोपेर सुनसरीको रामधुनी नगरपालिका– ६ बहत्तर बिगाह वन क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

अवैध काठसहित ३ पक्राउ

उनीहरुलाई सोमबार राति जंगलबाटै सशस्त्र प्रहरी बल ४ नम्बर गण हेडक्वार्टरका एसपी कृष्ण ढकालको कमाण्डमा गएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रामधुनी– ६ बस्ने ४१ वर्षीय केशव खड्का, २४ वर्षीय अर्जुन लिम्बु र ३५ वर्षीय रोशन राई रहेका छन् ।

सश्स्त्र प्रहरीले बरामद गरेको गोलिया काठ १ सय २० क्युफिट बराबरको छ । सशस्त्रले तस्करहरुले प्रयोग गरेको को २ त ९९९० नम्बरको ट्याक्टर, स १ प ७४९८ नम्बरको मोटरसाइकल, ४ थान मोबाइल सेट पनि बरामद भएको छ ।

बरामद भएको काठ, ट्याक्टर, मोटससाइलसहित तीनै जनालाई डिभिजन वन कार्यालय इनरुवामा आवश्यक कारबाहीको लागि पठाइएको एसपी ढकालले बताए ।

प्रकाशित : वैशाख ९, २०७७ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?