१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बीपी प्रतिष्ठानकै ल्याबले क्रस भेरिफिकेसन गर्ने

प्रदीप मेन्याङ्बो

सुनसरी — कोरोना भाइरस संक्रमण भए नभएको क्रस भेरिफिकेसन अबदेखि पूर्वको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ ।

बीपी प्रतिष्ठानकै ल्याबले क्रस भेरिफिकेसन गर्ने

प्रतिष्ठानमा पीसीआर विधिबाट पोजिटिभ रिपोर्टको पुनः परीक्षण हुने प्रतिष्ठानका सह प्रवक्ता डा.अशोक ऐरले बताए । उनका अनुसार र्‍यापिड डाइग्नोस्टीक टेस्ट वा एउटा मेसिनबाट पीसीआर रिपोर्ट पोजिटिभ आएमा विभिन्न ठाउँमा भइरहेको परीक्षण पोजिटिभ आउँदा क्रस भेरिफिकेसन गर्न काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा नै पुर्‍याउनुपर्थ्यो ।

उनले भने, ‘सरकारले क्रस भेरिफिकेसनका लागि प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबलाई तोकेकाले अब काठमाडौं पठाउन नपर्ने भएको छ ।’

उनले प्रतिष्ठानमै नमुनाको भेरिफिकेसन गर्दा राष्ट्रिय जनप्रयोगशालामा भार कम पर्ने र कोरोनाको पीसीआर नतिजा छिटो आउने बताए ।

प्रकाशित : वैशाख ७, २०७७ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?