कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

तेह्रथुमका थप २ जनामा एन्टिबडी पोजिटिभ 

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमका थप दुई जनामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट परीक्षण गर्दा कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएको छ ।

तेह्रथुमका थप २ जनामा एन्टिबडी पोजिटिभ 

आज गरीएको थप परीक्षणमा उनीहरुलाई कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेले जानकारी दिए । कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएकाको सख्ंया जिल्लामा तीन पुगेको छ । उनीहरु एकै परिवारका हुन् । यसअघि हिजो गरिएको परीक्षणमा २८ वर्षीय युवाको रिपोर्ट पाजिटिभ देखिएको थियो ।

मेन्छयायेम गाउँपालिकाका उनीहरु एक युवा, एक महिला र एक पुरुष छन् । शुक्रबार र शनिबार भएको परीक्षणका क्रममा उनीहरु तीनै जनाको आरडीटी नतिजा पोजिटिभ देखिएको स्वास्थ्य प्रमुख घिमिरेले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाउँपालिकाभित्र होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो । उनीहरु तीनै जनालाई म्याग्लुङमा रहेको जिल्ला स्वास्थ्य कार्यालयमा ल्याएर पुन: परीक्षण गरिएको थियो । पुन : परीक्षणका क्रममा तीनै जनामा एन्टिबडी नतिजा पोजेटिभ देखिएको हो । पहिलो चरणमा शंकास्पद १५ जनामा परीक्षणम गरिएकोमा अन्यको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्यकर्मीको भनाइ छ ।

यी तीन जनासहित अन्य १० जनाको स्वाब परीक्षणको लागि कोसी अञ्चल अस्पताल विराटनगर पठाइएको स्वास्थ्य प्रमुख घिमिरेले जानकारी दिए । यीमध्ये मेन्छ्यायेम गाउँपालिकाका ४ जना, म्याग्लुङ नगरपालिकाका ३ जना र फेदाप गाउँपालिकाका ३ जना हुन् । अहिले जिल्लाभरका जोखिमयुक्त र सम्भावित क्षेत्रमा परीक्षण कार्य चलिरहेको स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लामा शनिबारसम्म १ सय ५८ जनाको परीक्षण गरिएकोमा तीन जना बाहेक अन्यको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रकाशित : वैशाख ७, २०७७ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?