१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अलपत्र २२ जनाको उद्धार

धनकुटा — लकडाउनका कारण धनकुटा, सुनसरी र भोजपुरको सीमावर्ती त्रिवेणीमा अलपत्र परेका २२ जनाको शुक्रबार राति उद्धार गरिएको छ । 

अलपत्र २२ जनाको उद्धार

सुनसरीको चतरा हुँदै हिँडेर त्यहाँ पुगेका उनीहरु सबै भोजपुरका विभिन्न स्थानका सर्वसाधारण रहेको प्रहरीले जनाएको छ । राति साढे ८ बजे उनीहरुलाई भोजपुरको हतुवागढी, धनकुटाको सहिदभूमि गाउँपालिकाका जनप्रतिनिधि, प्रहरीको समन्वयमा उद्धार गरिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए ।

सुनसरीको बराहा नगरपालिका तथा उदयपुरको बेलका नगरपालिका नाका हुँदै सर्वसाधारण आवतजावत गर्ने गरिएको स्थानीयले बताए । सो नाकामा कडाइ नगरिए समस्या हुन सक्ने स्थानीय शिक्षक भानुभक्त राईले गुनासो गरे । त्यस क्षेत्रको स्थलगत अवलोकन गरी अन्य जिल्लाका जनप्रतिनिधि र प्रशासनसंग समन्वय गरेर कडाइ गरिने धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए ।


उद्धार गरिएकामा एक गर्भवती महिलासहित २ नाबालक छन् । उद्धार गरिएका सबैलाई भोजपुरको हसनपुरस्थित विद्यालयको तयार गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

सोही स्थानमा दुई दिन अघि पनि अलपत्र परेका अन्य ४६ जनाको उद्धार गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित : वैशाख ६, २०७७ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?