३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गोरु काटेको अभियोगमा ७ जना पक्राउ 

खोटाङ — गोरु काटेको अभियोगमा ७ जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयाङ्खुमा गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा बिहीबार साँझ साढे ७ बजेतिर स्थानीय ४० वर्षीय देशबहादुर सार्की, ३० वर्षीय हिरा सार्की, २४ वर्षीय सुवाश सार्की लगायत पक्राउ परेका हुन् ।

गोरु काटेको अभियोगमा ७ जना पक्राउ 

यस्तै २२ वर्षीय रवीन सार्की, २९ वर्षीय अमृत सार्की, ४७ वर्षीया सीता सार्की र ४६ वर्षीय लिलाबहादुर खड्कालाई पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई शुक्रबार जिल्ला अदालतमा म्याद थपेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए । तीन दिनअघि पनि गोरु काटेको अभियोगमै साकेला गाउँपालिका–३ खिखिमा सौरेका ५५ वर्षीय बुद्धिमान तामाङ पक्राउ परेका थिए ।

प्रकाशित : वैशाख ५, २०७७ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?