र्‍यापिड टेस्टमा पोजिटिभ देखिएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ

देवनाराण साह

विराटनगर — आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ देखिएका झापाको हल्दीबारी गाउँपालिकाको एक युवकको स्वाब परीक्षण नेगेटिभ आएको छ ।

र्‍यापिड टेस्टमा पोजिटिभ देखिएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ

पोजिटिभ देखिएका युवक, उनका परिवार, साथी र थप १० जना शंकास्पद व्यक्तिका गरी २१ जनाको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि बुधबार कोशी अञ्चल अस्पताल विराटनगर पठाइएकोमा सबैको नेगेटिभ आएको हो ।

उनको स्वाबको नमुना संकलन गरी बुधबार कोशी अस्पतालस्थित पीसीआर ल्याबमा परीक्षणका लागि पठाइएको थियो । कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले झापाको हल्दीबारीबाट आएको २१ जनाको स्वाबको नमुना परीक्षण गदा सबेको नतिजा नेगेटिभ आएको पुष्टि गरे ।

बुधबार हल्दीबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा वडा नबर २ का ३९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको थियो । उक्त गाउँपालिकास्थित होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो । ६१ जनाको स्वास्थ्य परीक्षण परीक्षण गरिएकामा उक्त युवकमा आरडीटी पोजिटिभ देखिएको थियो ।

आरडीटी पोजिटिभ देखिनासाथ युवकका परिवारका ७ जना र उनीसँग सम्पर्कमा आएका केही साथीहरुको पनि आरडीटी परीक्षण गरिएको थियो । परिवारका सदस्य र साथीहरुको आरडीटी भने नेगेटिभ देखिएको थियो । आरडीटी पोजिटिभ देखिएका युवक चैत ५ गते दुबईबाट घर फर्केका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : वैशाख ४, २०७७ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?