२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

धनकुटामा ७ हजार ६ सय ९१ लाई राहत वितरण

धनकुटा — लकडाउनका कारण समस्यामा परेका विपन्न तथा ज्यालामजदुरी गर्ने ७ हजार ६ सय ९१ परिवारलाई धनकुटाका स्थानीय तहले राहत वितरण गरेको छ। हालसम्म ७ पालिकामध्ये ६ वटाले राहत वितरण गरिसकेका छन्।

धनकुटामा ७ हजार ६ सय ९१ लाई राहत वितरण

जसमध्ये सबैभन्दा बढी धनकुटा नगरपालिकाले २ हजार २ सय ९३ जनालाई राहत वितरण गरेको नगरप्रमुख चिन्तन तामाङले बताए। पाख्रीबास नगरपालिकाले १ हजार ५ सय, महालक्ष्मी नगरपालिकाले ६ सय १८ जनालाई राहत वितरण गरेको छ। साँगुरीगढीले १ हजार ५०, छथर जोरपाटीले ६ सय ९१, सहिदभूमिले ४ सय ३९ जनालाई राहत वितरण गरेको जनाइएको छ। चौबिसे गाउँपालिकाले भने १ हजार १ सय परिवारलाई राहत वितरणको प्रक्रिया सुरु गरेको अध्यक्ष खजिन्द्र राईले बताए।

राहतका लागि मापदण्ड बनाएर वडागत रुपमा सिफारिस गरिएको पाख्रीबास नगरपालिका प्रमुख विर्षबहादुर राईले जानकारी दिए। अन्य सबै पालिकाले पनि छुट्टै मापदण्ड बनाएर राहत वितरण गरिएको जनाएका छन्। राहतबाट २९ हजार ३ सय ६० व्यक्ति खाद्यान्न वितरणबाट लाभान्वित भएका छन्।

प्रकोप व्यवस्थापन कोषमा १ करोड ७० लाख

जिल्लास्थित पालिकाहरुले हालसम्म १ करोड ७० लाख लाख ७५ हजार रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरेका छन्। जसमा धनकुटा र महालक्ष्मीले समान ३० लाख, छथर जोरपाटी र पाख्रीबासले समान २० लाख, सहिदभूमिले ३२ लाख, चौबिसेले २० लाख ७५ हजार र साँगुरीगढीले १८ लाख रुपैयाँ कोषमा जम्मा गरेको जनाएका छन्।

यस्तै, कुल १ सय २१ शय्याको क्वारेन्टाइन, २३ ठाउँमा थर्मल गनसहितको हेल्प डेस्क र १ सय ६४ जना स्वास्थ्यकर्मीलाई पीपीई वितरण गरिएको छ। यसैबीच कोरोनाबाट सुरक्षित राख्न सीमा नाकामा कडाइ गर्न पहल गरिने नेकपाका जिल्ला पार्टी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले बताए।

प्रकाशित : वैशाख ३, २०७७ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?