१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इटहरीमा थालियो र्‍यापिड टेस्ट, २१ जनामा सबैको रिपोर्ट नेगेटिभ

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको इटहरी उपमहानगरपालिकास्थित इटहरी अस्पतालमा मंगलबारदेखि कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी टेस्ट) सुरु गरिएको छ।

इटहरीमा थालियो र्‍यापिड टेस्ट, २१ जनामा सबैको रिपोर्ट नेगेटिभ

इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार पहिलो चरणमा विदेशबाट इटहरी आएका व्यक्तिहरुको आरडीटी टेस्ट गरिँदै छ। आज दिनभरमा करिब एक सय जनाको परीक्षण गरिने उनले बताए। मध्याह्नसम्म २१ जनाको परीक्षण गरिएको थियो। उनीहरु सबैको रिपोर्ट नेगेटिभ देखिएको धमलाले बताए।

उनका अनुसार यो विधिबाट परीक्षण गर्दा नमुनामा संक्रमण प्रतिरोधी एन्टिबडी छ कि छैन भनेर जाँच गरिन्छ। ‘हाम्रो शरीरमा कुनै भाइरस प्रवेश गरेपछि शरीरले त्यस्ता संक्रमणसँग लड्न प्रतिरोधी संयन्त्र एन्टिबडी निर्माण गर्छ।

एन्टिबडीले जिते बिमारी भइँदैन। तर भाइसरले जिते लक्षण देखिन थालेर बिरामी परिन्छ,' उनले भने। आरडीटी परीक्षणमा पोजिटिभ देखाए मोलिकुलर पीसीआर (पोलिमर चेन रिएक्सन) विधिबाट पुन: नमुना जाँच गरिने र त्यसपछि व्यक्तिमा भाइरसको संक्रमण भए/नभएको पत्ता लाग्ने धमलाले बताए।

पीसीआर जाँच आवश्यक परेमा त्यस्ता नमुनालाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विराटनगरको कोसी अस्पतालमा पठाउने धमलाले बताए।

प्रकाशित : वैशाख २, २०७७ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?