खुकुरी प्रहारबाट मृत्यु

खोटाङ — खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीकी ५० वर्षीय मेनुका राईको खुकुरी प्रहारबाट ५० वर्षीय श्रीमान् छकुमार राईको मृत्यु भएको हो ।

खुकुरी प्रहारबाट राईको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राईको शव जिल्ला अस्पताल गाईघाटमा पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा दिइसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए ।

श्रीमान्‌लाई खुकुरी प्रहार गर्ने मेनुकालाई इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको छ । पक्राउ परेका मेनुकालाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइएको छ । मेनुकाले श्रीमान्‌को टाउको, ढाडलगायत ठाउँमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २, २०७७ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?