बीपी प्रतिष्ठानको उपकुलपतिमा गिरी नियुक्त

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा. डा. ज्ञानेन्द्र गिरीलाई नियुक्त भएका छन् ।

बीपी प्रतिष्ठानको उपकुलपतिमा गिरी नियुक्त

प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको सिफारिसमा कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीलाई प्रतिष्ठानको उपकुलपतिमा नियक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘सरकारले प्रा.डा. ज्ञानेन्द्र गिरीलाई वीपी प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको हो’ प्रेस सल्लाहकार थापाले भने ।


गत असार २६ गते उपकुलपति प्रा डा राजकुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ लाख रुपैयाॅ घूस लिएको आरोपमा रंगेहात पक्राउ गरेपछि प्रतिष्ठानमा उपकुलपति पद रिक्त थियो । सरकारले असार ३० गते शिक्षाध्यक्ष प्रा डा गुरु खनाललाई कामचलाउ उपकुलपतिको जिम्मेवारी दिएको थियो ।

प्रतिष्ठानको उपकुलपति पदमा सरकारले मागेको खुल्ला आवेदनमा १६ जनाले अवधारणासहित दाबी पेस गरेका थिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालको संयोजकत्वमा गठित उपकुलपति सिफारिस समितिले गिरीसहित प्रतिष्ठानका कार्यवाहक उपकुलपति खनाल र प्रतिष्ठानकै मेडिसिन विभागका प्रमुख प्रा डा संजीव शर्माको नाम तीन महिनाअघि सिफारिस गरेको थियो ।

नवनियुक्त उपकुलपति गिरी मुटुरोग विषेशज्ञ हुन् । गिरीले भारतको एम्स र अमेरिकाको कोलोराडो युनिभर्सिटी हेल्थ साइन्सबाट मुटुरोगमा विषेशज्ञता हासिल गरेका छन् ।

प्रकाशित : चैत्र २७, २०७६ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?