१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वनको आगो बस्ती पस्यो, पाँच घर जलेर नष्ट

आगो नियन्त्रण बाहिर
चन्द्र कार्की

तेह्रथुम — आठराई गाउँपालिका- ७ थोक्लुङमा रहेको लोकतान्त्रिक सामुदायिक वनबाट सुरु भएको आगलागी बाट गएराति ५ वटा घर जलेर नष्ट भएका छन् ।

वनको आगो बस्ती पस्यो, पाँच घर जलेर नष्ट

वनमा सल्किएको आगो बस्तीमा प्रवेश गर्दा थोक्लुङको ढोडेनीमा रहेको नरपति चौलागाईं, टंकप्रसाद चौलागाईं र थोक्लुङकै पिप्लेका श्रीविलास मादेम्बा, रनबहादुर बराल र हस्त बहादुर बरालको घर जलेर नष्ट भएको वडा अध्यक्ष रोहित कन्दङवाले जानकारी दिए ।

आगलागीपछि टंकप्रसाद चौलागाईं र श्रीविलास मादेम्बाको परिवार बिचल्लीमा परेको छ । अन्य तीन घर भने खाली रहेका थिए । यी परिवार पूर्वी तराईमा बसोबास गर्दै आएका छन् ।

आगलागी नियन्त्रणको लागि प्रहरीले विभिन्‍न स्थानमा अग्नि रेखा बनाएको छ । तर पनि आगो नियन्त्रणमा आएको छैन । आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेसकराम थान्दार, सशस्त्र प्रहरी सुरक्षा वेश क्याम्प संक्रान्ति बजारका सशस्त्र प्रहरी निरीक्षक सन्जीव तिवारी नेतृत्वको प्रहरी र स्थानीयबासीले प्रयास गरीरहेका छन् ।

आगलागी बाट अन्य बस्तीका घर पनि जोखिममा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र २७, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?