१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नगद लुटेको आरोपमा ७ जना पक्राउ

विराटनगर — खाद्यान्न बोकेको ट्याक्टर रोकेर धम्क्याउँदै नगर लुटपाट गरेको आरोपमा प्रहरीले भोजपुरमा ७ जनालाई पक्राउ गरेको छ । गत सोमबार भोजपुरको रानीटारबाट खाद्यान्न लिएर बालंकातिर जाँदै गरेको ना ७ त ३५० नम्बर ट्याक्टर रोकेर लुटपाट भएको हो ।

नगद लुटेको आरोपमा ७ जना पक्राउ

सोमबार रातिको यो घटनामा चालकको साथमा रहेको २१ हजार ५ सय रुपैयाँ लुटिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । लुटमा संलग्न रहेका आमचोक गाउँपालिका ८ का लोकबहादुर खत्री, प्रमोद खत्री, पदम श्रेष्ठ, मनीष श्रेष्ठ, निशान तामाङ, ठकुन तामाङ र देवराज तामाङ पक्राउ परेका हुन् ।


नगद लुटपछि घरमा लुकेर बसिरहेका उनीहरुलाई खोजीका क्रममा प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र २६, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?