१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कोरोना संक्रमितको उपचारमा खटिँदा मृत्यु भए ५० लाख

कोरोना रोकथाम र उपचारमा संलग्नहरुको सुरक्षाको प्रत्याभूति गर्न प्रदेश १ सरकारले यस्तो निर्णय गरेको हो।
माधव घिमिरे

विराटनगर — कोरोना भाइरसबाट संक्रमित भएका बिरामीको उपचार सहभागी रहँदा कसैको मृत्यु भए प्रदेश १ सरकारले तिनका परिवारलाई ५० लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ।

कोरोना संक्रमितको उपचारमा खटिँदा मृत्यु भए ५० लाख

मन्त्रिपरिषद्‌को मंगलबारको बैठकले संक्रमितको उपचार र रेखदेखमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी लगायतको मृत्यु भए उनीहरुको परिवारलाई सो रकम प्रदान गर्ने निर्णय गरेको हो।


यस्तो सहयोग कोरोना भाइरसको नियन्त्रण, रोकथाम, संक्रमितको उपचारजस्ता काममा सक्रिय रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहका कर्मचारी वा यस्तो काममा लाग्नेको मृत्यु भए तिनका परिवारलाई दिइनेछ।


सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार कोरोना रोकथाम, उपचारमा संलग्नहरुको सुरक्षाको प्रत्याभूति गर्न सरकारले यो निर्णय गरेको हो।

कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार वा मातहत निकाययले परिचालन गरेका स्वास्थ्य जनशक्तिलाई नेपाल सरकारले निर्धारण गरेअनुसार दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता दिने निर्णय पनि भएको कार्कीले बताए।


प्रदेश १ मा मंगलबार साँझसम्म कोही कोरोना संक्रमित भएको पाइएको छैन। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिनहुँ स्वाब परीक्षण भइरहेको छ। हालसम्म प्रदेशका विभिन्न जिल्लाबाट संकलन गरिएका ९० जनाको नमुना परीक्षण गर्दा ८५ जनामा संक्रमण भेटिएको छैन। अन्यको रिपोर्ट आउन बाँकी छ।

प्रकाशित : चैत्र २५, २०७६ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?