२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

आमाको किरिया बसेकीको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — आमाको किरिया गर्न बसेकी छोरीको मृत्यु भएको छ । पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङमा चैतमा निधन भएकी हिमादेवी गौतमको किरिया गर्न आएकी झापा मेचीनगर–१३ सिग्देल गाउँ चारआलीकी डम्वादेवी गौतम न्यौपानेको निधन भएको हो ।


न्यौपानेकी बुहारी कविता पौडेलका अनुसार किरिया गरेकै अवस्थामा बेहोस भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याइएको थियो । अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेपछि एम्बुलेन्समा झापाको बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो । बिर्तासिटीले समेत फर्काएपछि घरमा पुर्‍याइएकी उनको मृत्यु भएको हो ।

अस्पतालले उनको मुटुमा समस्या रहेको बताएको थियो । हिमादेवीको चैत १९ गते ८१ वर्षको उमेरमा निधन भएको थियो । त्यसको ६ दिनपछि छोरीको पनि मृत्यु भएको हो ।

प्रकाशित : चैत्र २५, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?