खोटाङ कांग्रेस सभापति श्रेष्ठविरुद्ध १० भातृ संगठन

खोटाङ — नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठको अभद्र अभिव्यक्तिप्रति जिल्लाका पार्टीका भातृ संगठनहरुले विरोध जनाएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण विरुद्ध खटिएका बेला अभद्र अभिव्यक्ति दिएको भन्दै पार्टीका दश भातृ संगठनले विज्ञप्ती मार्फत विरोध जनाएका हुन् ।


श्रेष्ठले कोरोना संक्रमणको आशंकामा कटारी अस्पतालमा आइसोलेसनमा बसेर भागेका उनका आफन्त सहित ९ जनालाई क्वारेन्टाइनमा नराख्न नगर प्रमुख राईमाथि दबाब दिॅदै अभद्र अभिव्यक्ति दिएका थिए । सभापति श्रेष्ठको त्यो गतिविधि राजनीतिक र सामाजिक हित विपरित भएको भातृसंस्थाहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


विज्ञप्तीमा कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराई, क्षेत्र नं १ का उपसभापति लोकेन्द्र राजभण्डारी, तरुण दल अध्यक्ष भीषण राई, नेविसंघ अध्यक्ष राजकुमार बस्नेत, ट्रेड युनियन कांग्रेस अध्यक्ष कृष्ण आचार्य, नेपाल महिला संघ अध्यक्ष रामकुमारी राई, नेपाल लोकतान्त्रिक खेलकुद संघ अध्यक्ष मिलन कसजु, प्रेस युनियन अध्यक्ष उत्तम चौलागाई, नेपाल स्वास्थ्यकर्मी संघका प्रकाश घिमिरेलगायतले हस्ताक्षर गरेका छन् ।


सभापति श्रेष्ठले भने आन्तरिक कुरा मात्र भएको बताएका छन् । श्रेष्ठले दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा क्वारेन्टाइन बनाउनसमेत अवरोध पुर्‍याएका थिए । श्रेष्ठ विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हुन् ।

प्रकाशित : चैत्र २४, २०७६ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?