छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु

विराटनगर — प्रदेश १ का विभिन्न जिल्लामा भएका बेग्लाबेग्लै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार र सोमबारका घटनामा उनीहरुको मृत्यु भएको हो।

उदयपुरको त्रियुगा नगरपालिका १३ की ३० वर्षीया जनकीदेवी चौधरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ। घरनजिकै माटो खन्ने क्रममा ढिस्कोले पुरिएर सिकिस्त भएकी उनको उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


सोलुखुम्बुको दूधकुण्ड नगरपालिका ५ का २७ वर्षीय पूर्णबहादुर खड्का भीरको फेदीमा मृत फेला परेका छन्। उनी साथीहरुसित दुई दिनअघि घुम्न भनेर हिँडेका थिए। घर नफर्केपछि खोजी गर्ने क्रममा उनी मृत भेटिएको प्रहरीले जनाएको छ।


सुनसरीको कोसी गाउँपालिका २ का ४८ वर्षीय शिवु यादवको बैलगाडाबाट लडेर मृत्यु भएको छ। खेतमा गहुँ लिने जाने क्रममा बैलगाडा नहरको खाल्डोमा पल्टँदा सिकिस्त भएका उनको उपचार क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको थियो।


यसैबीच, झापाको मेचीनगर ११ मिलडाँडाकी ५६ वर्षीया तारादेवी कुमालको डुबेर मृत्यु भएको छ। छिमेकी घरमा गएका बेला आँगनमा पानी जमाउन बनाइएको खाल्डामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।


उता ताप्लेजुङको फक्तालुङ ६ फेदीखोलास्थित निर्माणाधीन उत्तर दक्षिण दोभान ओलाङचुङगोला सडकबाट एक्स्काभेटर खस्दा चितवनको इच्छाकामना घर भएका २७ वर्षीय चित्रकुमार गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित : चैत्र २४, २०७६ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?