२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कोरोना जनसुरक्षा कोषमा ११ करोडभन्दा बढी

माधव घिमिरे

विराटनगर — प्रदेश १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषामा सोमबारसम्म ११ करोड रुपैयाँभन्दा बढी जम्मा भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम, प्रतिरक्षा र उपचारका लागि सरकारले कोष स्थापना गरेको थियो ।

कोरोना जनसुरक्षा कोषमा ११ करोडभन्दा बढी

यसमा हालसम्म ११ करोड ६५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा उद्योगी, व्यवसायी, विभिन्न संस्था र दाताहरुबाट सहयोग प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।


यसैबीच, प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारले स्थापना गरेको कोसी अस्पताल कोरोना उपचार केन्द्रको आइतबार अनुगमन गरेका छन् । कोरोना अस्पताल ५० शय्या क्षमताको छ ।


त्यस क्रममा उनले अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको भन्दै विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभिड १) बनावटी विषय नभएकाले सबैलाई सुरक्षित रहन आग्रह गरे ।


जनप्रतिनिधिलाई समुदायसम्म पुगेर उच्च मनोवलका साथ काम गर्न आग्रह गरे । सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीको मनोबल उच्च पार्न सरकारले काम गरिरहेको बताए ।


कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले कोरोना अस्पतालका लागि समूह बनाएर कार्य विभाजन गरिएको जानकारी दिइन् ।


कोरोना अस्पतालको जनशक्ति व्यवस्थापनको काम थप व्यवस्थित बनाउने तयारी भइरहेको उनले बताइन् ।

प्रकाशित : चैत्र २४, २०७६ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?