२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

तेह्रथुमका दुई घरमा आगलागी

चन्द्र कार्की

तेह्रथुम — जिल्लाको छथर गाउँपालिका ४ फाक्चामारामा आइतबार अपरान्ह आगलागी हुँदा २ घर र गोठ जलेका छन् । आगलगीमा स्थानीय सूर्य लिम्बुको फुसको छाना भएको २ घर र गोठ जलेको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले बताए । 

आगलागीबाट लत्ताकपडा, गरगहना, खाद्यान्न, भाडावर्तन लगायतका सामान जल्दा १५ लाख रुपैयाँ बराबरको क्षति भएको अध्यक्ष लिम्बुले बताए ।

प्रकाशित : चैत्र २३, २०७६ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?