१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

१० जना क्‍वारेन्टाइनमा

एलिसा श्रेष्ठ

भोजपुर — वैदेशिक रोजगारीबाट घर फर्किएका र अलपत्र कामदारहरुलाई क्‍वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण साल्पासिलिछो गाउँपालिकाको कुलुङस्थित ९ जना र रामप्रसाद राई गाउँपालिकामा १ जनालाई क्‍वारेन्टाइनमा राखिएको हो । 

लकडाउनपछि खाँदबारीबाट भोजपुर छिरेका निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गर्दै आएका ९ जनालाई संक्रमणबाट बचाउन क्‍वारेन्टाइनमा राखिएको साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले बताए । ती मजदुरहरुलाई खानबस्न छुट्टै व्यवस्था मिलाइएको छ । दुबईबाट घर आएका रामप्रसादराई गाउँपालिकाका एक जनालाई पनि क्‍वारेन्टाइनमा राखिएको छ । उनको अवस्था सामान्य छ ।


त्यसैगरी रामप्रसादराई गाउँपालिकाले लकडाउनको समयमा मदिरा बिक्री वितरणमा कडाइ गरेको छ । गाउँपालिका अध्यक्ष बिजय राईले मदिराको बिक्री वितरण र सेवन बन्द गराउन प्रहरी, जनप्रतिनिधि र कर्मचारी परिचालन गर्ने निर्णयसहित सूचना जारी गरिएको बताए ।


संक्रमण जोखिम बढेकाले गाउँपालिका प्रवेश गर्ने सबै नाकाहरू बन्द गर्ने र जरुरी काम परे गाउँपालिकाको पास अनिवार्य गराइएको उपाध्यक्ष सम्झना राईले बताइन् ।


प्रकाशित : चैत्र २१, २०७६ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?