कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सिकारी र वन रक्षकबीच गोली हानाहान, हतियारसहित ३ पक्राउ

विनोद भण्डारी

विराटनगर — लकडाउनको मौका छोपी चारकोसे जंगलमा वन्यजन्तुको अवैध सिकार गर्ने तीनजनालाई शुक्रबार सशस्त्र प्रहरीको राजमार्ग सुरक्षार्थ टोली र सशस्त्र वन रक्षकले हतियारसहित पक्राउ गरेको छ । 

सिकारी र वन रक्षकबीच गोली हानाहान, हतियारसहित ३ पक्राउ

उनीहरुलाई पक्राउ गर्दा सिकारीले ९ राउण्ड र सशस्त्र वन रक्षकले ७ राउण्ड हवाइ फायर भएको डिभिजन वन कार्यालय प्रमुख विशाल घिमिरेले बताए । उनका अनुसार हवाइ फायरबाट कोहीपनि घाइते भएका छैनन् ।


सुन्दरहरैंचाको सलकपुर सामुदायिक वन र लोहन्द्रा सामुदायिक वनमा बँदेल र मृगको अवैध सिकार गर्ने क्रममा दुईपक्षबीच गोली हानाहान भएको घिमिरेले बताए । उनका अनुसार सिकारी टोलीमा झण्डै २५ जनाको समूह थियो ।


पक्राउ पर्नेमा केराबारी-८ का गन्मरबहादुर योगी, किसान कार्की र झापा धाइजनका किरण धिमाल छन् । दुई थान भरुवा बन्दुकसहित पक्राउ परेका उनीहरुलाई वन ऐन र हातहतियार खरखजना ऐन अर्न्तगत कारबाही गरिने घिमिरेले बताए ।

प्रकाशित : चैत्र २१, २०७६ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?