कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना उपचार केन्द्रका लागि खाद्य सामग्री हस्तान्तरण

देवनारायण साह

(मोरङ) — कोरोना अस्पताल उपचार केन्द्रका बिरामी तथा स्वास्थ्यकर्मीहरुका लागि सहारा नेपाल प्रदेश १ ले ४ लाख मूल्य बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको छ ।

कर्मचारी मानवीय कोषबाट सहाराका कर्मचारीहरुले खाद्य सामग्री र १ लाख ५१ हजार नगद प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका हुन् । खाद्य सामग्रीमा सय बोरा चामल, दाल दुई बोरा, चना ५० किलो, १ हजार लिटर खाने तेल, आलु ५ क्‍वीन्टल, प्याज, चिनी, नुनलगायत छन् ।


सहाराका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले कर्मचारी मानवीय कोषबाट प्रदेश १ स्थित मोरङ, सुनसरी, झापा, उदयपुर, इलाम, पाँचथर जिल्लामा २० लाख रुपैयाँ कोरोना रोकथाम तथा उपचारका लागि सहयोग गरिएको बताए ।


यसैबीच, प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेर स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा शुक्रबारसम्ममा बिभिन्न निजी बैंक, औद्योगिक प्रतिष्ठान, उद्योगी, व्यापारीलगायतले सहयोग गरिरहेको छ । हालसम्ममा कोषमा ११ करोड ४९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको मुख्यमन्त्री राईले बताए ।

प्रकाशित : चैत्र २१, २०७६ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?