कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारत घुमेर फर्केका ९ जना क्‍वारेन्टाइनमा

चन्द्र कार्की

तेह्रथुम — भारतको दार्जिलिङ र पश्चिम बंगाल क्षेत्रमा 'फेरी' लगाएर फर्किएका ९ जनालाई फेदाप गाउँपालिकाले तयार गरेको क्‍वारेन्टाइनमा राखिएको छ ।

लकडाउनको समयमा भारतको सुकीय र मानेभञ्ज्याङ क्षेत्रबाट भागेर पशुपतिनगर नाका हुँदै नेपाल छिरेका उनीहरुलाई ईलाम प्रहरीले नियन्त्रणमा लिएर फेदाप पठाएको हो । आठराई गाउँपालिकाको चुहानडाँडास्थित मङसारी बस्तीसम्म आइपुगेका उनीहरुलाई फेदाप गाउँपालिकाले सवारी पठाएर ल्याएको हो । उनीहरु सबैलाई अहिले कोरोना संक्रमणको आशंकामा क्‍वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष हरिप्रसाद चोङवाङले बताए ।


स्वास्थ्य चौकी पोक्लावाङमा निर्माण गरिएको क्‍वारेन्टाइनमा राखिएका उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।


प्रकाशित : चैत्र २१, २०७६ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?