कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पाख्रीबासको राहत कोषमा ३० लाख 

रमेशचन्द्र अधिकारी

धनकुटा — पाख्रीबास नगरपालिकाले कोरोना भाइरस नियन्त्रण, उपचार तथा राहत कोषमा ३० लाख रुपैयाँ संकलन गरेको छ । जनप्रतिनिधिले एक महिनाको तलब भत्ता, अधिकृतस्तरका कर्मचारीले पाँच दिन र अन्य कर्मचारीले तीन दिन बराबरको तलब उक्त कोषमा जम्मा गरेका नगरप्रमुख विर्खबहादुर राईले बताए ।

पाख्रीबासको राहत कोषमा ३० लाख 

नगरपालिकाले कोषको रकमबाट नगर क्षेत्रका दैनिक ज्यालादारी मजदुर, अतिविपन्न तथा सुकुम्बासी परिवारलाई राहत वितरण सुरु गरेको छ ।


यस क्रममा प्रतिपरिवार दुई हजार रुपैयाँ बराबरका खाद्य सामाग्री वितरण गरिएको नगरका रोजगार संयोजक नारायण बस्नेतले जानकारी दिए । उनका अनुसार १५ सयभन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ ।


राहत वितरण


धनकुटा नगरपालिकाले कोभिड–१९ संक्रमण फैलन नदिन जारी ‘लकडाउन’का कारण प्रभावित विपन्न परिवारलाई राहत वितरण थालेको छ ।


नगरपालिकाले बिहीबारसम्म वडा–३, ४, ६, ७ र ९ मा राहत वितरण गरेको जनाएको छ । नगर क्षेत्रका दैनिक ज्यालादारी मजदुर, अति विपन्न तथा सुकुम्बासी परिवारलाई राहत बाँडिएको नगरप्रमुख चिन्तन तामाङले जानकारी दिए । उनका अनुसार नगरभित्रका १५ सय परिवारलाई राहत वितरण गरिने लक्ष्य लिइएको छ ।


प्रकाशित : चैत्र २०, २०७६ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?