२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

किनमेलमा जाँदा आफ्नो सुरक्षा आफैं, दूरीको नियम पालन गर्दै दैनिकी

जितेन्द्र साह

विराटनगर — कोरोनो भाइरसको संक्रमणबाट जोगिन नेपाल र सीमावर्ती भारतीय बजार क्षेत्रमा किनमेलका क्रममा सर्वसाधारणले विभिन्न तरिका अपनाएर सामाजिक दूरी पालन गरेको देखिएको छ ।  

किनमेलमा जाँदा आफ्नो सुरक्षा आफैं, दूरीको नियम पालन गर्दै दैनिकी

विराटनगर-, बुद्धमिलन चोकका किराना पसले रामबालक साहले आफ्नो पसल अघिल्तिर डोरी बाँधेका छन् डोरीनाघेर कुनै ग्राहक भित्र नपसुन् भनेर रातो कपडाका टुक्राहरु झुण्डयाएका छन् ग्राहकले उनको डोरी पारिबाटै सामान लिनुपर्छ एक अर्काको हात नछुने गरी साहले सामान दिन्छन् पैसा लिन्छन्

यो जुक्तिले उनलाई आफैं एवं टोलबासीलाई पनि ढुक्क बनाएको वरिपरिका अन्य व्यवसायीले ग्राहक-ग्राहक उपभोक्ता एवं आफैंबीच दुरी राख्न सटर अघिल्तिर तीन-तीन फिटको दुरीमा गोलो घेरा बनाएका छन्

यो उपाय भारतका ठूला सहर हुँदै सीमावारि मोरङका टोलबजारसम्म आइपुगेको हो 'भाइरसको संक्रमणबाट बच्न आफ्नो सुरक्षा आफैंले गर्ने हो,' दूध व्यवसायी रवि यादव भन्छन्, 'संक्रमित भएर कसैमाथि भार बन्नु भन्दा स्वस्थ रहने प्रयास गर्नुपर्छ '

भीड हुने कारणले विराटनगर महानगरपालिका कार्यालय प्रहरी-प्रशासनले हाटबजार बन्द गराएको छ । तर लकडाउनमा पनि ठेलामा तरकारी राखेर खुद्रा व्यवसायीहरु टोल बस्तीका घरदैलो पुग्दैछन् यहाँ पनि किनमेलका क्रममा व्यवसायी टोलबासीले दुरी राखिरहेको देखिन्छ

'मास्क लगाए पनि नलगाए पनि अलिक टाढैबाट बेच्छौं,' व्यवसायी राजकुमार यादव भन्छन्, 'बरु हाटबजारको भीडमा बेच्दा डर लाग्थ्यो, यसरी बेच्दा लाग्दैन ' मधुमाराको संगमचोकका भोजराज भुजेलले हरेक दिनको घरको मुख्य द्वारलाई मन तातो पानीले पखालेर खोल्ने बन्द गर्ने गर्छन् उनी, परिवार भाडामा बस्नेहरू सरकारले लकडाउनको आहृवान गरेयता घरैमा छन् । अत्यावश्यक कामले कोही बाहिर निस्के पनि फर्कँदा लुगा फुकालेर अनिवार्य रुपले पानीमा भिजाउने नुहाएर मात्र कोठाभित्र पस्ने नियम बनाएका छन् 'बरु दिनमा दुई पटक पानी तान्नु परोस्, तर सरसफाइमा कमी नहोस्,' उनी भन्छन्

भुजेलकी श्रीमती हिमकुमारीले छरछिमेक, आफन्त एवं मित्रजनलाई लकडाउनसम्म घरमा नआउन आग्रह गरेकी छन् 'केही सल्लाह गर्नु परेमा जोसुकैलाई फोन, म्यासेन्जरबाट गफ गरौं भनेकी छु,' उनी भन्छिन्, 'छरछिमेकसँग छत वा बार्दलीबाटै कुरा गर्छौ '

स्नातक तहमा अध्ययनरत जामुनगाछी बस्तीकी कौशकी सिंह राजपुतले लकडाउन भएदेखि सहपाठीहरुलाई भेटेकी छैनन् 'अनलाइनबाटै नोट्सको आदानप्रदान, पढाइको छलफल अन्य दुःखसुखका कुरा गर्छौं,' उनी भन्छिन् चुनौतीपूर्ण परिस्थितिमा दैनिक जीवनयापनक कसरी गर्ने सिकिरहेको राजपुत बताउँछिन् 'माहोललाई कसरी सामान्य बनाउने नागरिककै हातमा , यसकालागि सबैले लकडाउन सामाजिक दूरीको पालन गर्नुको विकल्प छैन,' उनी भन्छिन्

प्रकाशित : चैत्र २०, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?