कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जोगबनी नाकाबाट आयात निरन्तर

लकडाउनमा ६१ बुलेट ग्यास, १८ ट्यांकर डिजल र १३ ट्यांकर पेट्रोल भित्रियो 
विनोद भण्डारीे

विराटनगर — लकडाउनले सबैतिर ठप्प भए पनि जोगबनी नाकाबाट सामान्य अवस्थामा झैं इन्धन र खाद्यान्न आयात भइरहेको छ । ९ दिनयता यो नाकाबाट एलपी ग्यास ६१ बुलेट, डिजल १८ र पेट्रोल १३ ट्यांकर आएको विराटनगर भन्सारले जनाएको छ ।

जोगबनी नाकाबाट आयात निरन्तर

‘खाना पकाउने ग्याससहित डिजल र पेट्रोलको मौज्दात पर्याप्त छ,’ नेपाल आयल निगम प्रदेश १ कार्यालय प्रमुख अशोक साहले भने । उनका अनुसार ट्यांकर अनलोड हुन नपाउँदा आयातका लागि भारत पठाउन पाइएको छैन । खाली हुनेबित्तिकै ट्यांकर भारतको बरौनी पठाउने गरिएको छ । हाल डिपोमा ६ हजार किलोलिटर डिजल, २६३ किलो लिटर पेट्रोल र ६४० किलोलिटर मट्टीतेल मौज्दात छ ।


त्यसै गरी प्रदेशमा रहेका विभिन्न पाँचवटा ग्यास उद्योगलाई पर्याप्त मात्रामा ग्यास उपलब्ध गराइएको र सबै उद्योगलाई कम्तीमा ५० प्रतिशत ग्यास मौज्दात राख्न निर्देशन दिइएको साहले बताए । उनका अनुसार सबै ग्यास उद्योगलाई आधा सिलिन्डर मात्र ग्यास भर्न र सहज रूपमा बजारमा उपलब्ध गराउन निर्देशन दिइएको छ ।


विराटनगर भन्सार कार्यालयका प्रवक्ता गोपी उप्रेतीका अनुसार लकडाउनयता बुधबार साँझसम्म यो नाकाबाट ६१ बुलेट ग्यास, १८ ट्यांकर डिजल र १३ ट्यांकर पेट्रोलसहित ३ सय टन आलु, ३१९ टन प्याज, १३३ टन फलफूल, ५ सय टन केराउ, २ हजार ४६७ टन मकै, १३६ टन चामल, २६९ टन धान र ६२ टन गहुँ आयात झएको छ ।

यसबाहेक ‘त्रुड आयल’, सुपारी, फलामलगायत औद्योगिक कच्चा पदार्थ पनि आयात भइरहेको प्रवक्ता उप्रेतीको भनाइ छ ।


सामान्य अवस्थामा दैनिक सरदर १५ करोड राजस्व उठाउँदै आएको यो भन्सार कार्यालयले लकडाउनको नवौं दिनसम्म करिब २६ करोड राजस्व असुली गरेको छ । प्रवक्ता उप्रेतीका अनुसार भन्सारले लकडाउनको पहिलो दिन करिब ३ करोड, दोस्रो दिन ३ करोड ७४ लाख, तेसो दिन २ करोड २३ लाख, चौथो दिन करिब ५ करोड, पाँचौं दिन १ करोड ६० लाख, छैटौं दिन ५ करोड ४३ लाख र सातौं दिन २ करोड १५ लाख, आठौं दिन १ करोड ८७ लाख र नवौं दिन एक करोड रुपैयाँ राजस्व असुली भएको छ ।


प्रकाशित : चैत्र २०, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?