कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

संखुवासभा जिल्ला अस्पतालमा भेन्टिलेटर सेवा सुरु

दीपेन्द्र शाक्य

संखुवासभा — जिल्ला अस्पताल खाँदबारीले कोरोना भाइरस नियन्त्रण र रोगथामका लागि भेन्टिलेटर सेवा सञ्चालनमा ल्याएको छ । मंगलबारबाट आइसोलेसन कक्षका लागि २ वटा भेन्टिलेटर जडान गरेर तयारी अवस्थामा राखिएको छ ।

संखुवासभा जिल्ला अस्पतालमा भेन्टिलेटर सेवा सुरु

निर्माणाधीन अरुण तेश्रो आयोजनामा कार्यरत मजदुरको स्वास्थ्य सेवा र स्थानीयबासिन्दालाई सेवा दिने उद्देश्यले यो सेवा सुरु गरिएको हो । आयोजनाले २ वटा भेन्टिलेटरसहित जिल्ला अस्पताल संखुवासभालाई १ करोड ५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।


अस्पतालमा ५० बेड रहेका छन् । ७ बेड आइसोलेसनका लागि अलग गरिएको छ । एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले जिल्ला अस्पताल संखुवासभालाई ६७ लाख बराबरको २ वटा भेन्टिलेटर, आईसीयू बेड, पीपीईलगायतका ३० प्रकारका सामग्री उपलब्ध गराएको हो । ती सामग्री अरुण तेश्रोका सीईओ अरुन धिमानले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यलाई मंगलबार हस्तान्तरण गरे ।


कोरोना भाइरसको संक्रमण भएका व्यक्तिलाई उपचारका लागि सहयोग होस भनेर ती सामग्री उपलव्ध गराइएको सीईओ धिमानले बताए ।

प्रकाशित : चैत्र १९, २०७६ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?