१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चिया श्रमिकको लकडाउन : घरमा सुको छैन, चामल पनि सकिइसक्यो  

न चिया बगानले न स्थानीय तहले, कसैले दिएन राहत
पर्वत पोर्तेल

झापा — कृष्ण दर्जी चिया श्रमिक हुन् । स्थानीय टोकला चिया बगानमा काम गर्छन् । मेचीनगर ८ घोडाजीनमा बगानले दिएको अस्थायी क्वार्टरमा बस्छन् । चार जनाको छ, दर्जी परिवार । मंगलबार दिउँसो क्वार्टर पुग्दा उनी सिकुवामा टोलाइरहेका थिए । 

चिया श्रमिकको लकडाउन : घरमा सुको छैन, चामल पनि सकिइसक्यो  

म पुगेपछि झस्किए । लामो सपनाबाट ब्युझिएजस्तै ! उनकी श्रीमतीले मलाई कुर्सी छाडेर झुप्रोभित्र छिरिन् । मैले परिचय दिएँ । त्यसपछि कृष्णकै नजिक बसेकी दुर्गा राई जुरुक्क उठेर गइन् । मलाई लाग्यो, यिनलाई दिग्दार लागेर हिडिनँ । तर, मेरो सोच एकछिनमा गलत भयो । उनी त छिमेकी बटुल्न उठेकी रहिछन् । भन्दै थिइन्, ‘पत्रकार सर आउनु भको छ, सबैले आफ्ना कुरा राख्नुहोला ।’


अरु बेला ६ बज्दा बगानको कर्कश घन्टीले उनी झस्किन्थे । हाप र झाप गरेर साढे ६ बजेभित्र बगान पुग्थे । ७ बजेदेखि काममा लाग्थे ।


८ दिनयता उनले बगानको कर्कश घन्टी, बगान प्रशासनका कर्मचारीको तीतो गाली सुन्नु परेको छैन । तर, बगानमा कामै बन्द भएपछि भने परिवारलाई बिहान बेलुकीको छाक टार्न धौ–धौ परेको छ । ‘तलब पाउने बेलामा लकडाउन भइदियो,’ कृष्णले दुःख बिसाए, ‘कम्तिमा तलब पाएको भए जेनतेन परिवार चलाउन सकिन्थ्यो होला । तलब बुझ्न नपाउदै बगान बन्द भइदियो ।’


उनले १२ दिन काम गरेबापत ४ हजार ३ सय रुपैयाँ पाउथे । तर, लकडाउनले त्यो पनि गुम्यो । घरमा एक सुको छैन । चालम पनि सकिइसक्यो । अब यो परिवारमा दुःखको डंगुरमात्रै छ । छरछिमेकमा सरसापटी माग्ने साहस पनि गरेका छैनन् । ‘सबैको हाल मेरैजस्तो छ कुन मुखले माग्ने ?’ उनी भन्छन् ।


कृष्णकी छिमेकी सीता दर्जी उमेरले ७० पुग्न लागेकी तर, जोसिली । फरासिली । पीडामा पनि हाँस्न जान्ने स्वाभावकी । उनका करीब चालिस वसन्त चियाका मुना टिपेर बिते । वृद्धवयकी सीता अझै चियाका मुनासँगै रमाइरहेकी छिन् । ‘नुन, तेल, चामल सबै सकियो,’ सीताले पीडाको पन्तुरो खोलिन्, ‘अझै लकडाउन बढ्यो भने कोरोनाले हैन हामी चैं भोकैले मर्नेछौ ।’


सीताको परिवारले छिमेकबाट पैचो ल्याएको चामलको खोले खाए हिजो र आज बिहान । अब भरे र भोलिको चिन्ता छ । ‘जसोतसो आठ दिन कटाइयो अब चैं निक्कै गाह्रो भइसक्यो,’ हँसिली सीताको अनुहारमा एकाएक दुःखको बालो बादल मडारियो । थपिन्, ‘हामी त पानी पिएर बाँचौला तर लालाबालालाई के ख्वाउने ?’

सीता बोल्दा बोल्दै बीचैमा बोले प्रेमकुमार तामाङ । प्रेमकुमार गीता तामाङका श्रीमान् हुन् । उनीचाहिँ बगानबाट अवकास भइसके । अहिले श्रीमती काम गर्छिन् । श्रीमतीकै मजदुरीको भरमा छ तामाङ परिवार ।


तामाङ परिवार घरै बसेका छन् । बाहिर ननिस्किनु भन्ने प्रहरीको चेतावनीलाई पूर्णरुपमा पालना गरेका छन् । छरछिमेकतिर पनि खासै जाँदैनन् । घरमै टोलाइरहन्छन् अरु श्रमिकझै । ‘घरमा बस्यो चालम सकिसक्यो, किन्न जाने पैसो पनि छैन,’ तामाङले सुनाए, ‘पैसो थियो भने त चामल किन्न जानु हुन्थ्यो नि ।’


तामाङ आफ्ना कुरा भन्दैथिए । आइपुगिन् रेनुका फुयाल । रेनुका चिया श्रमिकसँगै नवकिरण टोल विकास समितिकी सदस्य पनि हुन् । त्यही भएर श्रमिकहरुले यिनलाई अलि जिम्मेवार ठान्दारैछन् । ‘लु बुइन तपाई भन्दिनु पर्‍यो हाम्रा दुःख,’ सिकुवामा टुक्रुक्क बसेका हेमप्रसाद लिम्वु बोले ।


रेनुकाले तलब नपाएका, श्रमिकहरु भोकभोकै बन्न लागेका, स्थानीय सरकारले चासो नदिएका कुराको बेलिविस्तार लगाइन् । आजै बगानका प्रशासन प्रमुख लोकनाथ दंगालले केही श्रमिकलाई बोलाएर बैठक गरेछन् । बैठकमा उनलाई पनि डाकिएछ । भनिन्, ‘तर, श्रमिकको अड्किएको तलब दिने ठोस कुराचाहिँ भएन, लकडाउन भर दुःख गरेर बस्नु पर्ने रे !’


वडाका प्रतिनिधिहरु विदेशबाट फर्किएकाहरु सोध्दै आइपुगेका थिए, दुई दिनअघि । तर, श्रमिकको हाल खबरसम्म सोधेनछन् । मेचीनगर नगरपालिकाको आइतबार सम्पन्न बोर्ड बैठकले चिया श्रमिकहरुलाई आवश्यक खाद्यान्न उपलब्ध गराउन बगान प्रशासनलाई निर्देश गर्ने निर्णय गरेको थियो । तर, बगान प्रशासनले बैठकमात्रै गरेर खाद्यान्न उपलव्ध गराउने विषयमा कुनै कुरै गरेन ।


मेचीनगरका मेयर विमल आचार्यले श्रमिकलाई सम्बद्ध उद्योगका संचालकले आवश्यक खाद्यान्न उपलव्ध गराउनु पर्ने बताए । उनले भने, ‘नगरपालिकाले पनि विपन्न र गरीब श्रमिकहरुका लागि चाँडै राहतको व्यवस्था गर्दैछ ।’

मा राजनितिक नियुक्ती र वैद्यले राखेका २२ जना कर्मचारी छन् । यो अभियान संचालन गर्न पर्यटन मन्त्री योगेश भट्टराईको नेतृत्वमा करिब एक सय संस्था तथा व्यक्तिको मुल आयोजक कमिटि थियो भने सचिवालय संचालनकालागि १९ जना कार्यक्रम कार्यान्वयन उपसमितिमा थिए ।


सचिवालय सदस्य सचिव बच्चु नारायण श्रेष्ठले हालसम्म गरेका कामसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाउने र भौतिक सामाग्री पर्यटन बोर्डमा दिइने बताए । सचिवालयको आफ्नै कार्यालय भवन थिएन । केशरमहलमा राखिएको सचिवालय पछिल्लोपटक नागपोखरीस्थित निजी घरमा राखिएको थियो ।

प्रकाशित : चैत्र १८, २०७६ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?