कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

प्रहरीलाई ‘खाजा-पानी’

खोटाङ — कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउन पलना गराउन खटिएका प्रहरीलाई नेपाल निर्माण व्यवसायी संघ खोटाङले मंगलबार बिहान खाजा र पानी उपलब्ध गराएको छ । 

प्रहरीलाई ‘खाजा-पानी’

२४ घण्टा काममा खटिने प्रहरीले खाजा–पानीको अभावमा समस्या भएपछि आफूहरुले उपलब्ध गराएको नेपाल निर्माण व्यवसायी संघ खोटाङका संरक्षक कुमार आचार्यले बताए ।


खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले खाजा–पानी भन्दा पनि कोरोना संक्रमण विरुद्ध लड्न भावनात्मक रुपमा सहयोग भएको बताए । उपलब्ध गराइएको खाजा–पानी ड्युटीमा खटिने प्रहरी र अप्ठेरोमा परेका सर्वसाधारणलाई दिने डीएसपी गौतमले सुनाए । व्यवसायी संघले ५० कार्टुन चाउचाउ, ५० कार्टुन पानी, ४० कार्टुन जुस र ७५ थान मास्क उपलब्ध गराएको हो ।

प्रकाशित : चैत्र १८, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?