२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

टोलटोलमै लकडाउन

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–६ भित्रका टोलटोलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सक्रियता बढाइएको छ । 

टोलटोलमै लकडाउन

वडास्तरीय निर्णय गर्दै विभिन्न वडाले कार्यक्रम ल्याएका छन् । छ नम्बर वडा समितिले टोल विकास संस्थासँगको सल्लाहमा ‘टोल लकडाउन’को कार्यक्रम अगाडि सारेको छ । विशेष गरेर बजार भन्दा बाहिर गाउँका टोलमा जोखिम बढेकोले टोल लकडाउन गर्ने निर्णय भएको वडाध्यक्ष कमलध्वोज राईले बताए ।

‘सरकारले गरेको लकडाउनले बजारमा बढी प्रभाव पारेको छ’ उनले भने, ‘बजारमा प्रहरी प्रशासनले कडाइ गरेपछि गाउँमा लकडाउनको उल्लंघन भएकोले गाँउ नै लकडाउन गरिएको हो ।’ टोल विकास संस्थाले नै टोल लकडाउन गर्नु पर्ने माग गरेपछि त्यसो गरिएको उनले बताए ।


टोल लकडाउनपछि सर्वसाधरणलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्किन रोक लगाइएको छ । एक टोलबाट अर्का टोलमा जान समेत पूर्ण रुपले रोक लगाइएको वडाध्यक्ष राईले बताए । ‘लकडाउनपछि बजार क्षेत्र बन्द भएकोले गाँउमा अनावश्यक मानिसको भीड बढेको देखियो’ वडाध्यक्ष राइले भने, ‘समूह बनाएर गाँउमा आउने, गाउँका पसलमा रक्सी मासु खानेको संख्या अत्याधिक बढयो ।’ भारत लगायत तेस्रो मुलुकबाट आएकाहरुको रमाइलो गर्ने स्थान गाउँ भएकाले टोलटोल नै लकडाउन गरिएको उनले बताए ।


बजार भन्दा गाउँमा कोरोना संक्रमणको जोखिम बढेकाले टोल लकडाउन गरिएको हो । टोलमा सञ्चालित पसलमा पनि आफनो टोल भन्दा बाहिरका सर्वसाधरणलाई वस्तु बिक्रीमा रोक लगाइएको वडासदस्य उद्धव भुजेलले बताए । ‘अबदेखि गाउँका पसल खोल्दा टोल विकास संस्थाको सदस्यको रोहबारमा खोल्नु पर्ने छ’ सदस्य भुजेलले भने, ‘पसलले कानुनले रोक लगाएका वस्तु बिक्री गर्न पाउने छैनन् ।’ यसको अनुगमन सुरुमा टोल विकास संस्थाले नै गर्ने छ, त्यसपछि स्थानीय प्रहरी प्रशासन, नरपालिकको प्रतिनिधि सहितको अनुगमन टोलीले प्रत्येक दिन साँझ बिहान गरिने उनले बताए ।


दैनिक ज्याल मजदुरी गरेर गुजारा गर्ने, विपन्न वर्गलाई टोल विकास संस्थाले नै नगरपालिका, स्थानीय र दाताको सहकार्यमा बसेकै स्थानमा राहत उपलब्ध गराउने समेत निर्णय भएको छ ।


आधा दर्जन बढि टोल विकास संस्था रहेको वडामा चैत सुरुदेखि विदेशबाट आएकालाई अहिले वडाको प्रत्यक्ष निगरानीमा होम क्वारेन्टाइनमा राखिएको छ । १४ दिनको अवधिका उनीहरुमा संक्रमण नदेखिएको भएपनि होम क्वारेन्टाइनमै रहेको वडाअध्यक्ष राईले बताए ।

७० लाख रुपैयाँको कोष स्थापना


प्रकाशित : चैत्र १८, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?