एयर अरबियामा झापाका ९ यात्री 

पर्वत पोर्तेल

काँकडभिट्टा — तेस्रो संक्रमित चढेको एयर अरबिया जी ९५३७ विमानमा सवार १ सय ७० मध्ये ९ जना झापाका रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार झापाका सबै यात्रीको पहिचान भइसकेको छ ।


यसअघि अर्को संक्रमित सवार कतार एयरको क्यू ६५२ विमानमा ७ जना झापाका थिए । उनीहरुको समेत पहिचान भइसकेको छ ।


प्रहरी उपरीक्षक कोइरालाका अनुसार दुवै विमानमा आएका झापाका यात्रीको पहिचान भइसकेको छ ।


जसमध्ये ३ जना मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसनमा उपचाररत छन् । केही स्थानीय तहका क्वारेन्टाइनमा छन् भने केही होम क्वारेन्टाइनमा छन् । ‘अहिलेसम्म सबै यात्री सुरक्षित नै देखिएका छन्’, उनले भने ।

प्रकाशित : चैत्र १७, २०७६ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?