धनकुटा नगर क्षेत्रमा औषधि छर्कन सुरू

रमेशचन्द्र अधिकारी

(धनकुटा) — कोरोना भाइरसको संक्रमण फैलन नदिन धनकुटा नगरपालिकाले नगर क्षेत्रका विभिन्न स्थानमा आइतबारदेखि कीटनाशक रसायन छर्कन सुरू गरेको छ । 

धनकुटा नगर क्षेत्रमा औषधि छर्कन सुरू

नगरपालिकाको दमकलको सहयोगमा रसायन छर्किएको धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले जनाए । पीपीई र मास्क लगाएर ११ जना नगर प्रहरीले सुरक्षित ढंगले किटनाशक औषधी छर्केका तामाङले बताए । उनका अनुसार आइतबार धनकुटाको बसपार्कदेखि स्कुलडाँडासम्म औषधि छर्किएको छ । दमकल पुग्ने सबै स्थानमा औषधि छर्किने नगरपालिकाको योजना छ । औषधि छर्ने समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र झ्याल ढोका बन्द गरेर बस्न सूचना जारी गरिएको छ ।

प्रकाशित : चैत्र १६, २०७६ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?