प्रदेश १ भरका क्वारेन्टाइनमा २६१, आइसोलेसनमा १६ जना

२५ जनाको स्वाब संकलन, २२ को नेगेटिभ
देवनारायण साह

मोरङ — कोभिड–१९ संक्रमणको आशंकामा शनिबारसम्ममा प्रदेश १ का विभिन्न जिल्लामा २ सय ६१ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने १६ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । 

क्वारेन्टाइनमा १२ जना महिला र २ सय ५९ जना पुरुष रहेको प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । कोरोनाको संक्रमणको आशंकामा राखिएको २९ जना महिला र ५० जना पुरुष गरी ७९ जनामा कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको आन्तरिक मामिला मन्त्रालयका रवी खनालले बताए । यस प्रदेशमा हालसम्ममा १ सय २३ स्थानमा २ हजार १ सय ५९ शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ ।

यस्तै, यस प्रदेशको विभिन्न अस्पतालमा स्थापना गरिएको आइसोलेसन वार्डमा ५ जना महिला र ११ जना पुरुष गरी १६ जनालाई कोरोना संक्रमणको आशंकामा उपचार भइरहेको र उनीहरुको स्वाब परीक्षणका लागि नमुना संकलन गरी पठाइएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले बताए । ६ जना पुरुषलाई आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको उनले बताए ।

प्रदेश १ मा कोरोनाको आंशका गरिएका शनिबारसम्ममा २५ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा २२ जनामा निगेटिभ भेटिएको प्रतिवेदन आएको मेहताले बताए ।


प्रदेशभरीमा भारतलगायत तेस्रो मुलुकबाट आएका फ्रान्सेली १ महिलासहित ३९ जना महिला र २ सय १६ जना पुरुष गरी २ सय ५५ जनालाई होम क्वारेन्टाइनमा राखिएको मेहताले बताए । कतारबाट आएका व्यक्तिलाई पनि होम क्वारेन्टाइनमा राखिएको उनले बताए ।

प्रकाशित : चैत्र १५, २०७६ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?