१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विदेशबाट फर्केकाको तथ्यांक संकलन गर्दै मोरङका स्थानीय तह

उर्लावारी राहत वितरण गर्दै 
विनोद भण्डारी

विराटनगर — मोरङका तहहरुले विदेशबाट फर्केकाहरुको तथ्यांक संकलन सुरु गरेका छन् । स्थानीय तहबाट खटिएका स्वंयमसेवक एंव जनप्रतिनिधिहरुले घर–घरमा गएर विदेशबाट फर्केकाहरुको विवरण संकलन सुरु गरेका हुन् । 

विदेशबाट फर्केकाको तथ्यांक संकलन गर्दै मोरङका स्थानीय तह

विराटनगर महानगरपालिकामा स्वंयसेवक ने खटाएर विदेशवाट फर्केहरुको विवरण संकलन गरिरहेको छ । उनीहरुको स्वास्थ्य अवस्थाबारे स्वास्थ्यकर्मीलाई उपलब्ध गराएर आइसोलेसन वा क्वारेनटाइनमा राख्न पठाउने गरिएको महानगरका प्रमुख भीम पराजुलीले बताए ।


हालसम्म दुई सय भन्दाबढी विदेशवाट फर्केका व्याक्ति विराटनगरमा पाइएको उल्लेख गर्दै पराजुलीले भने,‘ती मध्ये ५१ जनालाई नेपाली सेनाको टाडीमा रहेको क्वारेनटाइनमा राख्न पठाइएको र चार जना महानगर आफैंले स्थापना गरेको वडा १९ बेजनाथपुरको क्वारेनटाइनमा राखिएको छ ।’


महानगरले आफ्नो क्षेत्रमा २२० वेडको क्वारेनटाइन स्थापना गरेको छ । अतिथि सदनमा ४०, जैन भवन, मारवाडी सेवा सदन, रामजानकी सदन र वैजनाथपुरको स्वास्थ्य चौकीमा २०–२० बेडको क्वारेनटाइन बनाइएको छ ।


त्यसैगरी संक्रमण फैलिन नदिन महानगरापालिकाले नगरका सार्वजपनिक स्थलमा सोडियम हाइपो क्लोराइड (एन्टी भाइरस) स्प्रे छर्न सुरु गरेको छ । महानगरले कोसी अस्पाताल, बसपार्क, सीमा क्षेत्र, गुद्री बजार लगायतका भीडबढी हुने स्थलमा स्प्रे गरिरहेको छ । त्यसैगरी महानगरले ५० लाखको राहत कोषको पनि स्थापना गरेको छ ।

महानगरभित्र करिव १० हजार घर परिवार आर्थिक विपन्न रहेको उल्लेख गर्दै मेयर पराजुलीले संघीय सरकारलाई तत्काल राहात प्याकेज ल्याउन आग्रह गरे । महानगर एक्लैले भोकमारी राहात प्याकेज ल्याउन नसक्ने उल्लेख गर्दै उनले संघीय र प्रदेश सरकारले राहात प्याकेज घोषणा गरे स्थानीय निकायले पनि आफनो क्षमता अनुसार सहयोग गर्ने बताए ।


त्यसैगरी मोरङको उर्लाबारी नगरपालिकाले नगर क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि राहत वितरण गरिरहेको छ । नगर प्रमुख खड्ग फागोका अनुसार बिहीबारदेखि नै विपन्नहरुलाई घरघरमै पुगेर खाद्यन्‍न वितरण गरिरहेको बताए । हालसम्म‍ २ सय जना परिवारलाई खाद्यान्‍न दिएको बताए । उर्लावारीमा बजार अनुगमन पनि भइरहेकोमेयर फागोले जानकारी दिए । यस्तै,विभिन्‍न संघसंस्थाहरुले राहत संकलनमा सहयोग पुर्याएको उनले बताए ।


यस्तै, विदेशबाट फर्केर आएकाहरुको व्यक्तिको पनि उर्लावारीले तथ्यांक संकलन गरिरहेको छ । चैत १ गतेदेखि विदेशबाट फर्केकाहरुको तथ्यांक संकलन गर्न थालिएको उर्लाबारी–७का वडाध्यक्ष वीरबल थापाले जानकारी दिए ।


बेलबारी नगरपालिकाले पनि विदेश वाट फर्केर आएका व्याक्तिको तथ्याङक संकलन गर्ने र उनीहरुको निगरानी गर्ने काम सुरु गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले वताए । उनका अनुसार बेलवारीमा लुकेर बसेको अवस्थामा फेला परेका एक भारतीय र ए चिनियाँ नागरिकलाई सेनाको टाँडीस्थित क्वारेनटाइन र चिनियाँ नागरिकलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरान पठाइएको छ । बेलबारीमा शुक्रबार साँझसम्म विदेशबाट फर्केर आएका ६० जना रहेको र उनीहरुलाई निगरानीमा राखिएको छ । नगरपालिकाले नगरमा १५ बेडको आइसोलेशन वाड तयार गरेको छ ।


रंगेली नगरपालिकाले जिल्ला अस्पतालमा ५ बेडको क्वारेन्टाइन तयार गरेर संक्रमण फैलिन नदिन आवश्यक सबै सर्तकता अपनाएको नगरप्रमुख दिलीप बगाडियाले बताए ।

प्रकाशित : चैत्र १५, २०७६ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?