३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फुटबल क्लबद्वारा स्वास्थ्यकर्मीलाई सुरक्षा पोशाक

स्थानीय तहद्वारा वडैपिच्छे सेनिटाइजर, साबुन र मास्क
माधव घिमिरे

विराटनगर — कोरोना संक्रमणका सम्भावित बिरामीको उपचारका लागि खटिएका स्वास्थ्यकर्मीका लागि इलामको माईभ्याली फुटबल क्लबले व्यक्तिगत सुरक्षा पोशाक उपलब्ध गराएको छ । कोरोना महामारीबाट विश्व नै आक्रान्त भइरहेको र यो नेपालका विभिन्न स्थानमा पनि फैलन सक्ने भएकाले स्वास्थ्यकर्मीहरुका लागि पोशाक उपलब्ध गराइएको क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए ।

सदरमुकाम इलामस्थित जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कमसल मास्क लगाएका भरमा बिरामीको जाँच गरिरहेका छन् । यसबाट जोखिम बढ्ने भएकाले उनीहरुलाई संक्रमणबाट रोक्ने पोशाक ५० सेट उपलब्ध गराइएको क्लबले जनाएको छ ।


इलामका विभिन्न १० वटा स्थानीय तहले २ सय ७४ जनालाई राख्न सकिने क्वारेन्टाइन निर्माण गरेका छन् । सामान्य लक्षण देखिएका ८० जनाभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ ।


जिल्ला प्रशासन कार्यालय इलामका अनुसार इलाम नगरपालिका ६ जना र रोङ गाउँपालिकामा ८२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । केही दिनअघि भारतबाट आएका सातजनालाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि विराटनगरस्थित कोसी अस्पताल पठाइएको प्रशासनले जनाएको छ ।


यसैबीच, इलामकै फाकफोकथुम गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको तलबभत्ता कोरोना संक्रमण रोकथामका लागि खर्च गर्ने भएका छन् । गाउँपालिकाले सबै वडाहरुमा सेनिटाइजर र साबुन र मास्क वितरण गरेको जनाएको छ ।

प्रकाशित : चैत्र १४, २०७६ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?