कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

क्‍वारेन्टाइनमा बस्‍नै मान्दैनन्

‘हामीसँगै आएका अरु घरमै छन् हामीलाई मात्रै किन राखियो ?’
पर्वत पोर्तेल

(काँकडभिट्टा) — भारत तथा तेस्रो देशबाट आएकाहरु क्‍वारेन्टाइनमा बस्नै नमान्ने गरेको पाइएको छ । मेचीनगर १३ को धाइजनमा रहेको क्‍वारेन्टाइनमा स्थानीय सरकारले भारतबाट आएका १९ जनालाई राखेको थियो । जसमध्ये ७ जनाले बुधबार नै क्‍वारेन्टाइन छाडेर गए । मेचीनगरको कार्यपालिका सदस्य टीकाराम मंग्रातीले सेल्फ क्‍वारेन्टाइनमा बस्ने सहमतिमा उनीहरुलाई छाडिएको बताए । 

क्‍वारेन्टाइनमा बस्‍नै मान्दैनन्

क्‍वारेन्टाइनमा रहेका मेचीनगर ३ बाहुनडागीका समिर दर्जीले आफूहरुलाई कुनै समस्या नभएको भन्दै क्‍वारेन्टाइनमा बस्न नसक्ने जनाए । उनले भने,‘हामीसँगै आएका अरु घरमै छन् हामीलाई मात्रै किन राखियो ?’नगर कार्यपालिका सदस्य मंग्रातीले क्‍वारेन्टाइनको व्यवस्थापन पक्षसँगको समस्याका कारण ७ जनालाई सेल्फ क्‍वारेन्टाइनमा बस्ने सर्तमा छाडिएको जनाए । उनका अनुसार हाल १२ जना क्‍वारेन्टाइनमा छन् ।


मेचीनगर ४ का दुई वटा स्कुलको क्‍वारेन्टाइनमा ९ जना छन् । उनीहरु भारत र खाडीबाट आएका हुन् । भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठले कलवलगुडीको क्‍वारेन्टाइनमा २ जना मात्रै छन् । भद्रपुरमा विदेशबाट आएर बसेका मध्ये अधिकांश होम क्‍वारेन्टाइनमा छन् । भारत, खाडी, जापान, थाइल्यान्ड, मलेसिया आदि मुलुकबाट फर्किएका १८ जना होम क्‍वारेन्टाइनमा छन् । ‘क्‍वारेन्टाइनमा बस्न नमानेका कारण घरमै सुरक्षित भएर बस्ने व्यवस्था नगरपालिकाले मिलाएको हो’, मेयर श्रेष्ठले भने ।


कहाँ कति क्‍वारेन्टाइन ?

१ नम्बर प्रदेशका विभिन्न स्थानमा स्थापित क्‍वारेन्टाइनमा १ सय १२ जना रहेका छन् । आइसोलेसन गृहमा ५ जनाको उपचार भइरहेको छ । तेस्रो मुलुकबाट आएका ६९ जना होम क्‍वारेन्टाइनमा छन् ।

नेपाली सेनाको पूर्वी पृतना हेडक्‍वार्टरले साढे ४ सय शय्याको क्‍वारेन्टाइन तयार गरेको छ । सेनाले मोरङको टाँडीमा, प्रदेश १ कै उदयपुरमा २ सय शय्याको क्‍वारेन्टाइन तयार गरेको छ । उदयपुरको कटारी १ मा क्‍वारेन्टाइन निर्माण गरिएको सेनाको १८ नम्बर बाहिनीले जनाएको छ ।


कोरोना भाइरस संक्रमितलाई राख्न झापाको भद्रपुरस्थित कलवलगुडीमा ३२ वेडको क्‍वारेन्टाइन निर्माण भएको छ । मेचीनगर नगरपालिकाले ७० शय्याको क्‍वारेन्टाइन सञ्चालन भएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार मेचीनगरमा भद्रपुरमा एक/दुई स्थानमा क्‍वारेन्टाइन स्थापना गरिएको जनाए ।


मेचीनगर ७ सतिघट्टास्थित माइती नेपालको भवनमा २२ जना र मेचीनगर ११ को धाइजन स्वास्थ्य केन्द्रको भवनमा ५० जनासम्म राख्न सकिने गरी क्‍वारेन्टाइन स्थापनाको गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिकाले ५०/५० लाख रुपैयाँको आपत्‌कालीन कोष स्थापना गरेका छन् ।


विर्तामोड नगरपालिकाले ९० वेडको क्‍वारेन्टाइन निर्माण गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविमा समेत १२ शय्याको क्‍वारेन्टाइन निर्माण गरिएको छ । यहाँ भारतबाट फर्किएका ५ जना युवालाई राखिएको छ । झापाका अन्य क्‍वारेन्टाइन खाली छन् ।

प्रकाशित : चैत्र १३, २०७६ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?