३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कोरोना बिरामी उपचारका लागि आँखा अस्पताल भवन उपलब्ध 

डिल्लीराम खतिवडा

उदयपुर — कोरोना भाइरस (कोभिड–१९) का बिरामी पहिचान र उपचारलाई प्रभावकारी बनाउन भन्दै मदन भण्डारी आँखा अस्पतालको भवन उपलब्ध गराइएको छ ।

कोरोना बिरामी उपचारका लागि आँखा अस्पताल भवन उपलब्ध 

जिल्लाभित्रका बिरामीलाई स्थानीयस्तरकै क्‍वारेन्टाइनमा राखेर परीक्षण र उपचार गर्न सहज होस् भन्ने उद्देश्यले नेत्र ज्योति संघ उदयपुरले अस्पतालको तीन तले भवन उपलब्ध गराएको हो । मंगलबार वेलका एक जना र बुधबार चौदण्डीगढी नगरपालिकको २ बिरामीलाई संक्रमणको आशंकामा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएपछि संघले यस्तो निर्णय गरेको हो ।


जिल्ला जनस्वास्थ्य कार्यालयले मंगलबार नै त्रियुगा नगरपालिका ६ जलजलेका एक युवाको खकार परीक्षणका लागि टेकु पठाएको छ । चारै जना विदेशबाट आएका युवाहरु हुन् । संक्रमण फैलन सक्ने खतरा बढ्दै गएपछि स्थानीय स्तरबाटै उपचार सेवा प्रभाह गर्नका लागि भवन उपलब्ध गराएको संघका सभापति भागवत राउतले बताए ।


अस्पतालको भवन निर्माणको काम सकिएको छ । अस्पतालाई सञ्‍चालमा ल्याउन अझै केही समय लाग्ने भएकाले क्‍वारेनटाइन र आइसोलेसन स्थापना गर्न प्रदेश सरकारलाई उपलब्ध गराउने निर्णय गरीएको अध्यक्ष राउतले बताए ।


प्रकाशित : चैत्र १२, २०७६ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?