लकडाउन उल्लंघन गर्ने दुई जनासहित २ सय ३४ सवारीसाधन नियन्त्रणमा

देवनारायण साह

(मोरङ) — कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले गरेको साताव्यापी लकडाउन उल्लंघन गर्ने दुई जनासहित २ सय ३४ वटा सवारी साधन प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मानबहादुर राईले लकडाउन उल्लंघन गरेका दुई जनालाई नियन्त्रणमा लिइएको बताए । लकडाउन उल्लंघन गरेर चलाएको १ सय ८२ वटा मोटरसाइकल, १६ वटा स्कुटर, कार र भ्यान ४ वटा, टयाक्टर २, टेम्पो, सिटी रिक्सा ५ र साइकल २३ वटा नियन्त्रणमा लिइएको उनले बताए ।

उनले खाद्यान्न, औषधि पसल, अस्पतालबाहेक बजार पसल बन्द रहेको बताए ।

प्रकाशित : चैत्र १२, २०७६ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?