कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अस्पतालमै खाने बस्ने व्यवस्था गर्न स्वास्थ्यकर्मीको माग

देवनारायण साह

मोरङ — यहाँका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले कोभिड–१९ (कोरोना भाइरस)का बिरामीको उपचारमा खटिनका लागि व्यक्तिगत सुरक्षा सामग्री र परीक्षणका लागि स्वाब लिने किटको अभावमा समस्या भएको बताएका छन् । उनीहरुले चिकित्सकलगायत स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा खटिएकाले कोरोना संक्रमणको उच्च जोखिम भएकाे र घरमा जाँदा परिवारका अन्य सदस्यहरु पनि त्यसको जोखिममा पर्ने भएकाले अस्पतालमै २४ सै घन्टा बस्ने व्यवस्था गर्न माग गरेका हुन् ।

अस्पतालमै खाने बस्ने व्यवस्था गर्न स्वास्थ्यकर्मीको माग

विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्वास्थ्कर्मीहरु कोभिड–१९का शंकास्पद बिरामी उपचारमा र आइसोलेसनमा खटिँदा व्यक्तिगत सुरक्षात्मक सामग्री नभएको भन्दै आन्दोलनमा उत्रेका छन् ।

उनीहरुले बिरामीको उपचारमा खटिँदा अस्पताल प्रशासनले एउटा मास्कसम्म उपलब्ध गराउन नसकेको अवस्थामा काम गर्न नसकिने भन्दै आन्दोलनमा उत्रेका हुन् । बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले अस्पतालमै खान, बस्नेसहितको क्वारेन्टाइनको व्यवस्था गर्न माग गरेका छन् ।


स्टाफ नर्स बिन्दु शिवाकोटीले अस्पतालमा बिरामीको स्वास्थ्यो उपचारमा खटिएका स्वास्थ्यमर्कीहरु नै कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा भएको बताइन् । ‘अस्पतालमा दैनिक ३० जना बढी उच्च ज्वरोका र रुघाखोकीका बिरामी उपचारका लागि आउने गरेका छन्,’ उनले भनिन्, ‘बिरामीसँग आएका कुरुवालगायतका परिवारजनहरु त्यत्तिकै अस्पतालमा डुलिरहने गर्छन् ।’ एकजना पनि कोरोनाको संक्रमित बिरामी फेला परे यस अस्पतालका सबैमा फैलिने उच्च जोखिम रहने उनले बताइन् ।

कोशी अस्पतालमा कोरोना भाइरसका बिरामीको उपचारका संलग्न चिकित्सकको नेतृत्व गरिरहेका डा. लक्ष्मीनारायण यादवले आफूहरुलाई अस्पतालमै २४ सै घण्टा बस्ने व्यवस्था गर्नुपर्ने माग गरे । उनले कोरोना संक्रमणको उच्च जोखिम रहेका आफूहरुले परिवारका अन्य सदस्यलाई पनि जोखिममा नपार्नका लागि अस्पतालमै बस्न चाहेको बताए ।

प्रकाशित : चैत्र १२, २०७६ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?