सुनसान पूर्वी नाका (फोटोहरु)

पर्वत पोर्तेल

काँकडभिट्टा — केही दिनअघिसम्म व्यस्त थियो मुलुकको पूर्वी नाका । तर, कोरोना संक्रमण रोक्न सरकारले गरेको नाकाबन्दी र लकडाउनका कारण पूर्वको सीमा नाका चकमन्न छ ।

सुनसान पूर्वी नाका (फोटोहरु)

मंगलबारदेखि भारतले पनि लकडाउन गरेपछि नाका सुनसान भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन साताको लकडाउन घोषणा गरेका छन् ।


नाकामा सीमित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीबाहेक कोही पनि छैनन् । सीमा वारपार गर्न प्रतिवन्ध छ । स्थानीयबासी घरमै छन् ।



भारतको पानीट्यांकी नाका पनि बिहानैदेखि ठप्प छ । मंगलबार रातिसम्म भारत र नेपालतिर अलपत्र परेका सर्वसाधारणलाई प्रवेश दिइएको थियो । तर, सरकारले बुधबारदेखि कोही कसैलाई आउजाउ गर्न नदिने निर्णय गरेको थियो ।






प्रकाशित : चैत्र १२, २०७६ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?