कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बुधबारदेखि झापाका दैनिक र साप्ताहिक पत्रिकाको प्रकाशन बन्द

बिर्तामोड — कोभिड-१९ को सम्भावित जोखिमका कारण झापाका दैनिक तथा साप्ताहिक पत्रिकाको प्रकाशन बन्द हुने भएको छ । पत्रिकाका सम्पादक, प्रकाशकहरुको मंगलबार बिर्तामोडमा भएको छलफलले बुधबारदेखि पत्रिकाको प्रकाशन बन्द गर्ने निर्णय गरेको हो । 

जिल्लामा ९ वटा दैनिक तथा १८ वटा साप्ताहिक पत्रिका छन् । कोभिड १९ को संक्रमणको जोखिम तथा लकडाउनका कारण प्रकाशन र वितरणमा समस्या भएकाले बन्द गर्ने निर्णय गरेको प्रकाशक/सम्पादकहरुले जारी गरेको सूचनामा उल्लेख छ । उनीहरुले पत्रिकाको प्रकाशन बन्दबारे सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको ध्यानाकर्षण समेत गराएका छन् ।

असहज परिस्थितिमा प्रकाशन बन्द गर्नुपरेकाले पत्रिकाको वर्गीकरण मूल्यांकनमा सहजीकरण गरिदिन पत्रकार महासंघलाई आग्रह गरिएको छ ।

प्रकाशित : चैत्र ११, २०७६ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?