ताप्लेजुङमा पनि निषेधाज्ञा

आनन्द गौतम

ताप्लेजुङ — जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) वमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाद्वारा जारी सूचनामा उल्लेख छ ।  सरकारले मंगलबार बिहानदेखि चैत १८ गते बिहानसम्मका लागि लकडाउन गरेको छ ।  आदेशको उल्लंघन गर्ने जोकोहीलाई कानुनी कारबाही गरिने सूचनामार्फत चेतावनी दिइएको छ ।

ताप्लेजुङमा पनि निषेधाज्ञा

कोरोना भाइरस संक्रमणबाट ताप्लेजुङसमेत उच्च जोखिममा रहेकाले सचेतनामूलक एवं प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन भइरहेको उल्लेख छ ।

मंगलबार बिहानैदेखि सडकमा सार्वजनिक यातायातका सवारी साधन चलेका छैनन् भने मानिसहरुको उपस्थिति पातलिएको छ । बिहान केही मानिसहरु घरबाहिर निस्किए पनि मध्याह्वपछि मानिसहरु घरभित्रै बसेका हुन् ।

प्रकाशित : चैत्र ११, २०७६ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?