१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

धरान पनि लकडाउन

सुनसरी — कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न धरान उपमहानगरपालिकाले सोमबारदेखि अनिश्चितकाल सम्मका लागि लकडाउन घोषणा गरेको छ । कोरोनाको संक्रमण फैलन  नदिन उपमहानगरपालिकाले लकडाउन घोषणा गरेको हो । 

धरान पनि लकडाउन

उपमहानगरपालिकाले कोरोना संक्रमणबाट बच्न र अरुलाई बचाउन घर भित्रै सुरक्षित रहन अनुरोध गरेको छ ।


उपमहानगरपालिकाले माइकिङ गरेर कोरोना भाइरसको संक्ररण जोखिम बढेकाले अति आवश्यक बाहेक सवारी साधन नचलाउन अनुरोध गर्दै लकडाउन गरिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए ।


उनले अति आवश्यक बाहेकका पसल, कल कारखाना, व्यापारिक कारोबार बन्द गरिदिन नगरबासीमा आहृान गरेको बताए । आज विहानदेखि एक जिल्लादेखि अर्को जिल्ला सञ्चालन हुने सवारी साधनमा पनि रोक लगाइएको छ ।


लकडाउन घोषणा गरेअनुसार अनुगमन गर्न धरानमा प्रहरी निरीक्षक हेमराज ओलीको कमाण्डमा र्‍यापिड रेस्पोन्स टिम समेत परिचालन गरिएको इलाका प्रहरी कार्यालयका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।


यसैबीच धरान–१३ फुश्रेस्थित सैनिक आवासीय महाविद्यालयको एउटा भवनमा ६२ बेडको क्वारेन्टाइन गृह बनाइएको छ ।

प्रकाशित : चैत्र १०, २०७६ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?