आगलागीबाट ६५ लाखको क्षति

आनन्द गौतम

ताप्लेजुङ — मैवाखोला गाउँपालिकाको केन्द्र साँघु बजारमा भएको आगलागीबाट ६३ लाख ३५ हजार बराबरको क्षति भएको छ । आइतबार दिउँसो भएको आगलागीले साँघु ३ का मानबहादुर प्रसाईंको ४ तले घर पूर्णरुपमा जलेको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उक्त घरमा औषधि, भाँडाकुँडा पसल र ट्रेलर सेन्टर थियो । घरसँगै नगद २ लाख ६५ हजार र ५ तोला सुन पनि जलेको प्रहरीले जनाएको छ । छिमेकी दावा जामु शेर्पाको घरमा सामान्य क्षति पूगेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विष्णुबहादुर खड्काले बताए ।


घरमा रहेको ग्यास सिलिण्डर लिक भई आगलागी भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : चैत्र ९, २०७६ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?