११ हजार मास्क र ४ सय स्यानीटाइजर बरामद

देवनारायण साह

(मोरङ) — विराटनगर महानगरपालिका ९ बाट ११ हजार थान भन्दा बढी सर्जिकल मास्क र स्यानीटाइजर बरामद गरिएको छ । विराटनगर महानगरपालिका, औषधि व्यवस्था विभाग र प्रहरीको संयुक्त अनुगमन टोलीले सर्जीइम्पेक्सले लुकाइराखेको मास्क र ४ सय बढी स्यानीटाइजर बरामद गरेको हो ।

११ हजार मास्क र ४ सय स्यानीटाइजर बरामद

कालोबजारी भइरहेको सरोकारवालाहरुको गुनासोपछि अनुगमनमा पुगेको टोलीले उक्त परिमाणमा मास्क र स्यानीटाइजर बरामद गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । अनुगमन टोलीले सर्जिकल सामान र औषधिको थोक बिक्रेता रहेको सर्जीइम्पेक्सको गोदाममा राखेको ११ हजार थान मास्क बरामद गरेको औषधि व्यवस्था विभागका निमित्त प्रमुख सञ्‍जीव शर्मा कट्टेलले बताए । ‘कोरोना भाइरसको जोखिमबाट बच्न सर्वसाधारणले प्रयोग गर्ने मास्क र स्यानीटाइजरलाई अत्यावश्यक वस्तुसरह लिइएको छ,’ उनले भने, ‘तर थोक विक्रेताहरुले प्रकोपको बेलालाई समेत कमाउ धन्दाका रुपमा प्रयोग गर्न खोजेको सूचना आएपछि अनुगमन गरिएको र त्यो सत्य भएको प्रमाणित भयो ।’


राजेश अग्रवाल सञ्चालक रहेको सर्जीइम्पेक्सबाट बरामद स्यानीटाइजरमा एमआरपी मूल्यसमेत नखुलेको अवस्थामा भेटिएको हो । थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रकाशित : चैत्र ९, २०७६ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?