३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हत्या गरिएको अवस्थामा महिलाको शव फेला

कान्तिपुर संवाददाता

तेह्रथुम — तेह्रथुमको आठराई गाउपालिका–४ ईवा तीनसल्लेमा एक महिलाको हत्या गरिएको अवस्थामा बिहीबार शव फेला परेको छ ।

२८ वर्षीया विन्दा पुरीको ईवा तीनसल्लेस्थित आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक शेसकराम थान्दारले जानकारी दिए ।


घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय विराटनगरबाट तालिम प्राप्त कुकुरसहितको टोली बिहीबार साँझ घटनास्थल आइपुगेको प्रहरी निरीक्षक थान्दारले बताए ।


विन्दाका श्रीमान् दुबईमा कार्यरत छन् । उनका १० वर्ष र १५ महिनाका दुई छोराहरू छन् ।

प्रकाशित : फाल्गुन २९, २०७६ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?