१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ओखलढुंगामा जिप दुर्घटना, १२ घाइते, २ जनाको अवस्था चिन्ताजनक

कुम्भराज राई

ओखलढुंगा — यहाँको मानेभन्ज्याङ गाउँपालिका ४ केतुकेमा बिहीबार बिहान जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । त्यसमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । 

ओखलढुंगामा जिप दुर्घटना, १२ घाइते, २ जनाको अवस्था चिन्ताजनक

वीरगन्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश ३–०१२२ च ३१८३ नम्बरको जिप सडकदेखि १ सय ५० मिटर तल खसेको हो । सख्त घाइते हुनेमा जिप चालक पर्सा जिल्लाका अनिलकुमार सहनी र सुगन्भीदेवी मुखिया छन् ।


दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेत र अस्थायी प्रहरी पोष्ट केतुकेका हवल्दार दिलबहादुर खड्काको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि मिसन अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अन्य घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक मिलन बस्नेतले बताए । उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन ।

प्रकाशित : फाल्गुन २९, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?